पाँचखाल / अष्ट्रेलियामा रहेका पाँचखाल नगरपालिका वडा नं ७ का सुवास बोलखे २० दिन सम्पर्कविहिन भएका छन् ।
१० महिना अघि अध्ययनका लागि अष्ट्रेलिया गएका उनी गत जुलाई २७ देखि परिवारको सम्पर्कमा नभएपछि खोजविनको लागि पहल थालिएको हो ।
सुवासका बाबु सुदर्शन र परिवारका अन्य सदस्यसहित पाँचखाल नगरप्रमुख महेश खरेलले नेपालस्थित अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कलाई भेटेर खोजविनको लागि अनुरोध गरेका हुन् ।
अनुरोधपछि राजदूतले तत्काल तदारुकता देखाएको नगर प्रमुख खरेलले जानकारी दिए ।
गत जुलाई २७ मा अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई त्यहाँको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले आफ्नो वेवसाइटमा सुवासको हुलिया उल्लेख गर्दै भेट्नेले खवर गर्न भनेको छ ।
बोलखे परिवारले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई पनि खोजविन गर्न अनुरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस