दक्षिण कोरियामा नेपालीलाई धुलिखेल अस्पतालको सेवा, ‘टेलिमेडिसिन’मार्फत परामर्श

नौलो समाचार संवाददाता
२०८१ भाद्र ३, सोमबार मा प्रकाशित ३०६ पटक पढिएको
दक्षिण कोरियामा नेपालीलाई धुलिखेल अस्पतालको सेवा, ‘टेलिमेडिसिन’मार्फत परामर्श

धुलिखेल / दक्षिण कोरियामा रहेका नेपालीले पनि धुलिखेल अस्पतालको सेवा पाउने भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र धुलिखेल अस्पतालको साझेदारीमा त्यहाँ रहेका नेपालीलाई ‘टेलिमेडिसिन’मार्फत स्वास्थ्य परामर्श उपलव्ध गराउन लागिएको अस्पतालका मेडिकल निर्देशक डा. बलराम मल्लले जानकारी दिए । भाषाको समस्याका कारण उपयुक्त स्वास्थ्य सेवा लिन बञ्चित त्यहाँ रहेका नेपाली सेवाबाट लाभान्वित हुने डा. मल्लले जानकारी दिए ।

आगामी साताबाट शुरु हुने सेवामा सामान्य चिकित्सा, दन्त, छाला, नाक, कान, घाँटी, आँखा, स्त्रीरोग, मनोरोग, बालरोग, लगायतका विभिन्न विभागीय चिकित्सकले तालिका बनाएर सेवा उपलव्ध हुने डा. राम गुरुङले जानकारी दिए ।

धुलिखेल अस्पतालको ९८०१००२४०३ नम्बर र दक्षिण कोरियाको एनआरएनए ०१०४८४८४९२३ नम्बरमा सम्पर्क गरी दक्षिण कोरियामा रहेका नेपाली नागरिकले चिकित्सकहरुबाट स्वास्थ्य परामर्श लिन सक्ने कार्यक्रम संयोजक निशा थापाले बताइन् ।

टेलिमेडिसिन स्वास्थ्य परार्मश गराएबापत प्रतिव्यक्ति ३ सय रुपैयाँ उपचार शुल्क लाग्नेछ । उनका अनुसार, सुरुका १ सय जनाको उपचार एनआरएनए दक्षिण कोरियाले सहयोग स्वरुप व्यहोर्नेछ ।

प्रतिक्रिया दिनुहोस