राजमार्गमा पहिरो : अरनिको राजमार्ग दुइतर्फी, जिरोकिलो – मेलम्ची सडक एकतर्फी सञ्चालनमा

नौलो समाचार संवाददाता
२०८१ भाद्र ९, आईतबार मा प्रकाशित ५० पटक पढिएको
राजमार्गमा पहिरो : अरनिको राजमार्ग दुइतर्फी, जिरोकिलो – मेलम्ची सडक एकतर्फी सञ्चालनमा
तस्वीर श्रोत : जिल्ला प्रहरी कार्यालय काभ्रे

बनेपा / अविरल वर्षासँगै पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग र जिरोकिलो –मेलम्ची सडक खण्ड (हेलम्बु मार्ग) सुचारु भएको छ ।

जिल्लाको भुम्लु गाउँपालिका वडा नं ८ बन्देउडाँडा स्थित अरनिको राजमार्गमा माथिबाट आएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक दुइतर्फी नै र पाँचखाल नगरपालिका वडा नं ४ फेदीस्थित जिरोकिलो मेलम्ची सडक खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय तह, प्रहरी र सडक विभागको समन्वयमा बिहान ८ बजेदेखि सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस