तीजको समयमा ताराले ल्याइन सुनुवार र नेपाली भाषामा गीत

नौलो समाचार संवाददाता
२०८१ भाद्र ९, आईतबार मा प्रकाशित ९३ पटक पढिएको
तीजको समयमा ताराले ल्याइन सुनुवार र नेपाली भाषामा गीत

बनेपा / नेपाली सांगितिक बजार तीज गीतले तातिएको बेलामा गीतकार तारादेवी सुनुवारले भने मातृ भाषा सुनुवार र नेपाली भाषामा गित सार्वजनिक गरेकी छन् ।

परदेश जानेको पीडा व्यक्त गरिएको ‘तिमी चढ्यौ जहाज’ र सुुनुवार भाषामा लेखिएको ‘फाचे देम्बा’ गीत सार्वजनिक गरिएको हो । फाचे देम्बामा फाचे, थरीकुुटीको को भूूगोल, खिम्ती वरपरको प्रकृतिको सुन्दरता र पीतृकोे सम्झना गरिएको छ ।

‘तिमी चढ्यौ जहाज’ मा वरिष्ठ संगितकार एवं प्राज्ञ शान्तिराम राइले संगित भरेका छन् भने सविना होङहाङ लिम्बुुले स्वर भरेकी छन् । सुनुवार भाषाको गीतमा शब्द, संगित र स्वर ताराकै छ । संगित संयोजन भने संगितकार तथा गायक पुस्कर सुनुवारले गरेका छन् ।

नेपाली भाषा र मातृ सुुनुुवार भाषामा उतिकै कलम चलाउने श्रष्टा तारादेवी सुनुवारले संर्घषमा रमाउने, अप्ठ्यारोलाई सजिलो देख्न बानी परेकोले ‘बेसिजन’मा दुुवै भाषाका गीत ल्याएको बताइन् ।

म्युजिक भिडियोसहितको उनको गित tara sunuwar official नामक उनकै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस