१० बर्षपछि लाग्न सक्ने रोगबारे धुलिखेल अस्पतालमा अहिले नै अनुमान !

नौलो समाचार संवाददाता
२०८१ भाद्र ११, मंगलबार मा प्रकाशित ९१ पटक पढिएको
१० बर्षपछि लाग्न सक्ने रोगबारे धुलिखेल अस्पतालमा अहिले नै अनुमान !

धुलिखेल / शरिरमा केही वर्ष वा एक दशक पछिसम्म कुन खाले रोग लाग्न सक्छ भनेर परिक्षण गर्ने विधी (जेनोप्लान) धुलिखेल अस्पतालले शुरु छ ।

मुख भित्रको स्वाब (र्यालको स्वाब ) निकालेर त्यसलाई परिक्षण गरी वंशाणुगत रोग,क्यान्सर वा मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरोल जस्ता अन्य मेटाबोलिक रोगहरु लाग्न सक्ने अवस्थाको आकलन गर्न अस्पतालले जेनोप्लान नामक कोरियन प्रविधि शुरुवात गरेको हो ।

एक बर्षभित्र अस्पतालमा नै उत्तः परिक्षण हुने गरी सामाग्री र जनशक्ति तयार भइरहेको र हाल स्वाब संकलन गरी कोरिया पठाइने र २ सातामा रिपोर्ट आइसक्ने अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा.डा. आभा श्रेष्ठले जानकारी दिइन् ।

पाँच वर्ष माथिका सबै उमेर समुहका मानिसहरुले परिक्षण गर्न सक्छन् ।

विना चिरफार मृगौलाको पत्थरीको उपचार
धुलिखेल अस्पतालले विना चिरफार मृगौलाको पत्थरीको उपचार थालेको छ ।

अप्टिकल फाइबरयुक्त दूरबिन मुत्रनलीमार्फत भित्र पठाएर मिर्गौलामा रहेको पत्थरी लेजर प्रविधिबाट फुटाएर बाहिर निकाल्न थुलियम लेजर प्रविधिको सुरुवात समेत गरेको छ ।

यो इन्डोस्कोप पिसाव खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पुयाउन सकिने भएकाले पेटमा कुनै घाउ बनाउन नपर्ने धुलिखेल अस्पतालका युरोसर्जन डा.सुजन माकजुले जानकारी दिए ।

पिसाब थैलीमा मासु पलाउने समस्या (ट्युमर), प्रोस्टेट ग्रन्थि सुन्निने समस्या, ग्रन्थि खुर्किने कामका लागि पनि निकै उपयुक्त भएको अस्पतालले जनाएको छ । उपचारपछि पत्थरी अड्किने तथा पिसाबमा रगत देखिने, पिसाब रोकिने, पिसाब सङ्क्रमण हुने जोखिम पनि निकै कम भएको युरोसर्जन डा.सुजन माकजुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस