काठमाडौं विश्वविद्यालय (केयू)को २९ औं दीक्षान्तको दोस्रो चरणमा २३ सय १४ दीक्षित हुने

नौलो समाचार संवाददाता
२०८१ भाद्र १२, बुधबार मा प्रकाशित ५१ पटक पढिएको
काठमाडौं विश्वविद्यालय (केयू)को २९ औं दीक्षान्तको दोस्रो चरणमा २३ सय १४ दीक्षित हुने

धुलिखेल / काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्तको दोस्रो चरणमा २ हजार ३ सय १४ दीक्षित हुने भएका छन् ।

२०८१ भाद्र १४ विश्वविद्यालयको केन्द्रीय परिसरमा हुने दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४ सय ५६ जना, स्नातक तहका १ हजार ८ सय १५ जना दीक्षित हुनेछन् । तीमध्ये आर्ट्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३ सय ६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका १ हजार ५ सय ६३ जना र साइन्सका १ सय ४९ जना दीक्षित हुने केयूका डीन प्रा. डा. अच्युत वाग्लेले जानकारी दिए ।

श्रावण ३० गते बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विश्वविद्यालय सभाको ९७ औं बैठकले दीक्षित हुने विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गरिसकेको छ ।

वाग्लेका अनुसार, दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५१ दशमलव २५ र महिलाको प्रतिशत ४८ दशमलव ७५ छ । १० प्रतिशत विदेशी विद्यार्थीहरू छन् । अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलङ्का, कजाखस्तान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाइन र सुडान गरी १९ देशका २ सय ४२ जना विदेशी विद्यार्थी छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा हुने दीक्षान्त समारोहकमा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ प्रमुख अतिथी रहनेछन् भने उपकुलपति प्रा. डा. भोला थापाले स्वागत मन्तव्य व्यक्त गर्नेछन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ म्यानेजमेन्टको मास्टर्स अफ विजनेस एण्ड इकोनोमिक्समा ११ जना र व्याचलर इन हस्पिटालिटी म्यानेजमेन्टमा २३ जना, स्कुल अफ मेडिकल साइन्सेजको डक्टर अफ मेडिसिन इन जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन मा ५ जना, मास्टर्स अफ डेन्टल सर्जरी इन ओर्थोडोन्टिक्स एण्ड डेन्टोफेसियल अर्थोपेडिक्स मा ६ जना, मास्टर्स अफ डेन्टल सर्जरी इन पेडोडोन्टिक्स एण्ड प्रिभेन्टिभ डेन्टिस्ट्रीमा १ जना र मास्टर्स अफ डेन्टल सर्जरी इन पेरियोडोन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीमा २ जना, स्कुल अफ इन्जिनियरिङको मास्टर्स अफ इन्जिनियरिङ इन जियोइन्फरम्याटिक्समा ५ जना र मास्टर्स अफ साइन्स इन जियोइन्फरम्याटिक्समा मा १ जना र स्कुल अफ साइन्सको डक्टर अफ फिलोसफी इन केमेष्ट्री मा १ जना, ः मास्टर्स अफ फार्मेसी (फर्मास्युटिकल्स एनालिसिस) मा २ जना र मास्टर्स अफ फार्मेसी (फर्माकग्नोजी एण्ड फाइटोकेमेष्ट्री) मा १ जनालाई उपाधि प्रदान गरिनेछ ।

उनन्तीसौं दीक्षान्त समारोहको दोस्रो चरण सम्ममा काठमाडौं विश्वविद्यालयवाट ४५ हजार ४ सय ३७ जना उत्तीर्ण भएका छन् । तीमध्ये ५७ देशका ५,४६७ विदेशी विद्यार्थी छन् ।

समारोहमा स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए ल्याउने स्कुल अफ आर्टसका मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ४ सिजिपिए ल्याउने स्कुल अफ साईन्सका मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिनेछ । स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने एमविविएसतर्फको छात्र मनिपाल कलेज अफ मेडिकलका स्वीकार दाहाललाई भाइस चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने एमविविएसतर्फको छात्रा विराट मेडिकल कलेज विराटनगरका रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने स्कुल अफ मेकिडल साईन्सेजका अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशन अन्तर्गत २ बर्षे स्नातकोत्तर तहमा सवभन्दा बढी सिजिपिए ३ दशमलव ९८ प्राप्त गर्ने स्कुल अफ एजुकेसजका रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस