काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्तमा २३ सय १४ विद्यार्थी दीक्षित

नौलो समाचार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार मा प्रकाशित ६१ पटक पढिएको
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्तमा २३ सय १४ विद्यार्थी दीक्षित
स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए ल्याउने स्कुल अफ आर्टसका मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक प्रदान गर्दै काठमाडौं विश्वविद्यालय (केयू) का कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ।

धुलिखेल /  काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्तको दोस्रो चरणमा २ हजार ३ सय १४ दीक्षित भएका छन् ।

शुक्रवार विश्वविद्यालयको केन्द्रीय परिसरमा भएको दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४ सय ५६ जना, स्नातक तहका १ हजार ८ सय १५ जना दीक्षित भएका हुन् । आर्ट्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३ सय ६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका १ हजार ५ सय ६३ जना र साइन्सका १ सय ४९ जना दीक्षित भएका हुन् ।

दीक्षित मध्ये ५१ दशमलव २५ प्रतिशत पुरुष ४८ दशमलव ७५ प्रतिशत विद्यार्थी महिला छन् । १० प्रतिशत विदेशी विद्यार्थीहरू छन् । अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलङ्का, कजाखस्तान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाइन र सुडान गरी १९ देशका २ सय ४२ जना विदेशी विद्यार्थी दीक्षित भएका छन् ।

उनन्तीसौं दीक्षान्त समारोहको दोस्रो चरणसम्ममा काठमाडौं विश्वविद्यालयवाट ४५ हजार ४ सय ३७ जना उत्तीर्ण भएका छन् । तीमध्ये ५७ देशका ५,४६७ विदेशी विद्यार्थी छन् ।

समारोहमा स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए ल्याउने स्कुल अफ आर्टसका मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ४ सिजिपिए ल्याउने स्कुल अफ साईन्सका मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरियो । स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने एमविविएसतर्फको छात्र मनिपाल कलेज अफ मेडिकलका स्वीकार दाहाललाई भाइस चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने एमविविएसतर्फको छात्रा विराट मेडिकल कलेज विराटनगरका रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने स्कुल अफ मेकिडल साईन्सेजका अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशन अन्तर्गत २ बर्षे स्नातकोत्तर तहमा सवभन्दा बढी सिजिपिए ३ दशमलव ९८ प्राप्त गर्ने स्कुल अफ एजुकेसजका रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस