प्रधानमन्त्रीले उद्घाटन गरे नेपालकै पहिलो ‘हाइड्रोजन कार’

नौलो समाचार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार मा प्रकाशित १०६ पटक पढिएको
प्रधानमन्त्रीले  उद्घाटन गरे नेपालकै पहिलो  ‘हाइड्रोजन कार’

धुलिखेल / प्रधानमन्त्री केपि शर्मा ओलिले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा पहिलो पटक भित्र्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणाली उद्घाटन गरेका छन् ।

२९ औं दिक्षान्त समारोहको लागि केयू आएका प्रधानमन्त्री ओलिले `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणाली उद्घाटन गरेका हुन् ।


नेपाली सेनाको हेलिकप्टरबाट धुलिखेल आएका उनी हाइड्रोजनबाट चल्ने कार चढेर दिक्षान्त समारोह स्थल पुगेका थिए ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरि नेपाल भित्र्याएको विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराजसिं थापाले जानकारि दिए ।

उद्घाटन पछि प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलिले उर्जाको लागि हाइड्रोजनको प्रयोगबाट कार्वन उत्सर्जन कमि भइ प्रदुषण कम गर्न सहयोग हुने बताए ।

प्रतिक्रिया दिनुहोस