प्रधानमन्त्री चढेर आएको सेनाको हेलिकप्टर विग्रिएपछि अर्को बोलाएर काठमाडौं फर्किए

नौलो समाचार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार मा प्रकाशित १०८ पटक पढिएको
प्रधानमन्त्री चढेर आएको सेनाको हेलिकप्टर विग्रिएपछि अर्को बोलाएर काठमाडौं  फर्किए
प्रधानमन्त्री केपि शर्मा ओलि चढेको हेलिकप्टर बिग्रेपछि बनाउदै नेपाली सेनाका प्राविधिक । तस्वीर सौजन्य : भक्त दाहाल

धुलिखेल / काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चढेर आएको सेनाको हेलिकप्टर विग्रिएपछि अर्को बोलाएर फर्किएका छन् ।

नेपाली सेनाको एनए ०६७ कलसाइन भएको हेलिकप्टरबाट प्रधानमन्त्री ओली केयू परिसरमा उत्रेर कार्यक्रममा सहभागी भएपछि विग्रिएको पत्ता लागेको थियो । पंखामा समस्या भएपछि प्राविधिक बोलाएर बनाइएको थियो ।

दीक्षान्त समारोह सकिएपछि शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईको गाडी चढेर धुलिखेल अस्पताल पुगेर त्यहाँको हेलिप्याड प्रयोग गरी एनए ०३८ कलसाइन भएको हेलिकप्टरमार्फत काठमाडौं फर्किएका हुन् । अस्पतालका कार्यकारी निर्देशक रहेका केयूका पूर्व उपकुलपति डा. रामकण्ठ मकाजूले उनलाई स्वागत गरेका थिए ।

दीक्षान्त समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री ओलीले हाइड्रोजन कार रिफ्युलिङ स्टेशन उद्धघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस