दोहोरी गीत प्रतियोगितामा धुलिखेल वडा नं ८ ‘क’ समुह प्रथम

नौलो समाचार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार मा प्रकाशित ५६ पटक पढिएको
दोहोरी गीत प्रतियोगितामा धुलिखेल वडा नं ८ ‘क’ समुह प्रथम

धुलिखेल /  हरितालिका तीजको अवसरमा धुलिखेल नगरपालिकाले गरेको दोहोरी गीत प्रतियोगितामा वडा नं ८ को ‘क’ समुह प्रथम भएको छ ।

वडा नं १० को समुह दोस्रो, वडा नं ११ को तेस्रो र वडा नं ३ ले सान्त्वना पुरस्कार पाए ।

प्रथम हुने समुहलाई १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र सान्त्वना पाउने समुहले ३ हजार नगदसहित पुरस्कृत गरियो ।

‘धुलिखेल नगरको आब्हान, घर घरमा नारीको सम्मान’ नारासहित भएको प्रतियोगितामा १२ वडा मध्ये ७ वडाबाट १/१ र वडा नं ८ वाट २ समुह गरी ८ समुहले प्रतिस्पर्धा गरेका थिए ।

वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, रामहरी न्यौपाने र सरु गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले सामाजिक क्षेत्रको विकासको लागि सचेतनामूलक कार्यक्रम गरिदै आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस