सूर्यप्रसाद लाकोजूको कविता संग्रहको ‘समालोचना कृति’ लोकार्पित

नौलो समाचार संवाददाता
२०८१ भाद्र १६, आईतबार मा प्रकाशित ९५ पटक पढिएको
सूर्यप्रसाद लाकोजूको कविता संग्रहको ‘समालोचना कृति’ लोकार्पित

पनौती / कवि सूर्य प्रसाद लाकोजूको कविता कृति ‘मेरो घाम’ माथि लेखिएको ‘घामका उपासक सूर्यप्रसाद लाकोजू’ नामक समालोचना कृति लोकार्पण गरिएको छ ।

साहित्य सिर्जना, पत्रकारिता र अभियानका त्रिवेणी सूर्य लाकोजूको व्यक्तित्व र कवित्व झल्कने गरी पुस्तक तयार पारिएको हो । साहित्यकार भीमप्रसाद काफ्लेद्वारा लिखित समालोचना क्षरमार्गले प्रकाशन गरेको हो ।

वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराईले एक समारोहमा कृति लोकार्पण गरे ।

भट्टराईले लाकोजू ‘उमेरमा आफूभन्दा कनिष्ठ तर लेखनमा बलिष्ठ’ भएकै कारण यो पुस्तक प्रकाशन भएको बिचार पोखे । मेरो घामभित्रका कविताहरू हृदयस्पर्शी भएका कारण ती कविताका बारेमा पुस्तक नै लेख्नु सामान्य कुरा तर्क गरे ।

लेखक भीमप्रसाद काफ्लेले मेरो घामले आफूलाई स्पर्श गरेकै कारणले यो पुस्तक तयारभएको प्रतिकृया दिए । टिप्पणीकार तुयुकाजी ताम्राकारले सुन्दर कवितामाथि व्याख्यात्मक समालोचना भएको विचार व्यक्त गरे । कार्यक्रममा कवि सूर्य लाकोजू, विष्णु ओलीलगायतले कृतिबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस