प्रहरी प्रशिक्षण प्रतिष्ठान ढलान गर्ने क्रममा मजदुरको मृत्यु

नौलो समाचार संवाददाता
२०८१ भाद्र १६, आईतबार मा प्रकाशित २१४ पटक पढिएको
प्रहरी प्रशिक्षण प्रतिष्ठान ढलान गर्ने क्रममा मजदुरको मृत्यु

पनौती /  पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

करेन्ट लागेर उपचारको लागि अस्पताल लगिएका सप्तरी जिल्लाको अग्निसाइरा कृष्णसभरन गाउँपालिका वडा नं १ का २० बर्षीय सबिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

साँझ ७ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस