प्रहरीको ‘मोबाइल लाइब्रेरी’ अभियानमा पत्रकारका अध्यक्षले गरे सहयोग

नौलो समाचार संवाददाता
२०८१ भाद्र २५, मंगलबार मा प्रकाशित १३७ पटक पढिएको
प्रहरीको ‘मोबाइल लाइब्रेरी’ अभियानमा पत्रकारका अध्यक्षले गरे सहयोग

धुलिखेल – ‘मोबाइल लाइब्रेरी’ स्थापना गर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेको अभियानमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले सघाएका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्काले शुरु गरेको अभियानको लागि तिमल्सिनाले डेढ दर्जन नयाँ र अध्ययन गरेका अन्य केही पुस्तक हस्तान्तरण गरेका हुन् ।

जिल्लास्थित प्रहरीका सबै युनिटमा पुग्ने गरी शुरु गरिएको ‘मोबाइल लाइब्रेरी’मा रहेका ती पुस्तक सुरक्षाकर्मी, थुनुवा र सर्वसाधरणले समेत अध्ययन गर्न पाउनेछन् ।

प्रहरीको सृजनात्मक काममा सघाउन पाउँदा खुशी लागेको बताउँदै तिमल्सिनाले आफूसँग भएका पुस्तक सहयोग गर्न अरुलाई पनि अनुरोध गरे  ।

एसपी खड्काले सहयोगप्रति आभार प्रकट गरिन् ।

प्रतिक्रिया दिनुहोस