जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन आज : अध्यक्षमा अमन र राजन प्रतिष्पर्धा गर्दै

नौलो समाचार संवाददाता
२०८१ भाद्र २६, बुधबार मा प्रकाशित १३२ पटक पढिएको
जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन आज : अध्यक्षमा अमन र राजन प्रतिष्पर्धा गर्दै

बनेपा /  जिल्ला सहकारी संघ काभ्रेको ४३ औं बार्षिक साधारणसभा अन्तर्गतको निर्वाचन आज हुँदैछ । दुई प्यानल बनाएर सहकारीकर्मीहरु निर्वाचनमा होमिएका छन् ।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष अमन पोटे श्रेष्ठ र कोषाध्यक्ष राजन शाक्य चुनावी प्रतिस्पर्धामा छन् ।

अमनको प्यानलबाट उपाध्यक्षमा शान्ती लामा, उपाध्यक्ष (महिला) मा मिरा सत्याल, सचिवमा यदुनाथ हुमागाई, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा छन् । सञ्चालक सदस्यहरुमा पूर्ण सागर रञ्जित, मोहनकुमार श्रेष्ठ, सुदर्शन अधिकारुी, लक्ष्मण गौतम, अम्बिका तिमल्सिना र जगन्नाथ श्रेष्ठ छन् । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा डिल्लीप्रसाद आचार्य र सदस्यमा पवनराज कर्णजितको उम्मेदवारी परेको छ । सो प्यानलका देवकी तिमिल्सना दाहाल महिला सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् ।

अमनको प्यानललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) निकट सहकारीकर्मीको समर्थन छ ।

राजनको प्यानलबाट उपाध्यक्षमा ठाकूरनाथ अधिकारी, उपाध्यक्ष (महिला) मा राधिका दाहाल घिमिरे, सचिवमा प्रकाश वञ्जारा, कोषाध्यक्षमा हिमाली श्रेष्ठ छन् । सञ्चालक सदस्यमा बलराम मानन्धर, रोशनकुमार श्रेष्ठ, अनन्त सत्याल, सिद्धिलाल श्रेष्ठ, श्यामहरी सापकोटा र शिवप्रसाद ढुंगेल छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद भट्टराई र सदस्यमा प्रेमनाथ शर्मा कोइराला छन् ।

एमालेको समर्थनमा राजनको प्यानलले एक्लै प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधवार दिउँसो १ बजेदेखि ४ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस