जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन निर्वाचित

नौलो समाचार संवाददाता
२०८१ भाद्र २७, बिहिबार मा प्रकाशित २८८ पटक पढिएको
जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन निर्वाचित

बनेपा /  जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित भएका छन् । संघको ४३ औं बार्षिक साधारणसभा अन्तर्गतको निर्वाचनमा प्रत्यासी राजन शाक्यलाई हराउँदै पोटे अध्यक्ष निर्वाचित भएका हुन् । अमनले १सय ९० र राजनले १ सय ४९  मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा शान्ती लामा, उपाध्यक्ष (महिला) मा मिरा सत्याल, सचिवमा प्रकाश वन्जारा, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा निर्वाचित  भएका छन् । सञ्चालक सदस्यहरुमा पूर्ण सागर रञ्जित, मोहनकुमार श्रेष्ठ, अम्बिका तिमल्सिना,  जगन्नाथ श्रेष्ठ, रोशनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा शुदर्शन अधिकारि र बलराम मानन्धरले समान १ सय ५४ मत पाएपछी गोलाप्रथाबाट सुदर्शन अधिकारी विजयी घोषणा गरिएको थियो ।

लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा डिल्लीप्रसाद आचार्य र सदस्यमा पवनराज कर्णजित निर्वाचित भएका छन् । अमनको प्यानलका देवकी तिमिल्सना दाहाल महिला सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस