माओवादी वडा कमिटी सचिवसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश

नौलो समाचार संवाददाता
२०८१ भाद्र २७, बिहिबार मा प्रकाशित ४८ पटक पढिएको
माओवादी वडा कमिटी सचिवसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश

बनेपा / नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं ४ कमिटी सचिवसहित एमाले, राप्रपा लगायतका पार्टी परित्याग गरी विभिन्न व्यक्तिहरुले नेपाली कांग्रेसको सदस्यता लिएका छन् ।

नेपाली काग्रेस जिल्ला कार्यालय बनेपामा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं ४ का गाउँ कमिटी सचिव सार्कीमान तामाङ, नेता धनबहादुर तामाङ,एमाले वडा नं ४ कमिटी सदस्य सोमबहादुर तामाङ, राप्रपाका किल्ला सिं तामाङ, माओवादी केन्द्रका निङमा फिन्जु तामाङ, चन्द्र लामा, गिता लामा, पञ्च तामाङ, मानबहादुर तामाङ, गजा बल, पेमा दोर्जे तामाङ, एमालेका जीतलाल तामाङसहितका नेता कार्यकर्ताले एमालेको सदस्यता लिएका हुन् ।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, क्षेत्र नं १ का सभापति दिनेश लामा, महाधिवेशन प्रतिनिधी रहेका तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर तामाङ, वडा सभापति जितपुर लामा लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

कांग्रेसको प्रजातान्त्रिक विचार राम्रो लागेर कांग्रेसको सदस्यता लिएको नवप्रवेशीले बताए ।

जिल्ला सभापति तीर्थ लामाले पार्टीमा स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस