काभ्रे क्याम्पसमा तयार भयो ‘स्पोर्टस हल’, मुख्यमन्त्री लामाले गरे उद्धघाटन

नौलो समाचार संवाददाता
२०८१ भाद्र २९, शनिबार मा प्रकाशित १२९ पटक पढिएको
काभ्रे क्याम्पसमा तयार भयो ‘स्पोर्टस हल’, मुख्यमन्त्री लामाले गरे उद्धघाटन

बनेपा / काभ्रे बहुमुखी क्याम्पसमा ‘स्पोर्टस हल’ तयार गरिएको छ ।

बनेपा नगरपालिकाको करिव ४० लाख आर्थिक सहयोगमा क्याम्पसको छत उपयोग गर्दै ‘टेबल टेनिस कभर्ड हल’ निर्माण गरिएको हो ।

‘केएमसी स्पोर्टस हल’ नाम दिइएको हलमा अहिले १० वटा टेबल टेनिस बोर्ड छन् ।

प्रतियोगिता र प्रशिक्षणको लागि हल प्रयोग गरिनेछ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले एक कार्यक्रविच स्पोर्टस हल उद्धघाटन गरे ।


मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रमा लगानी कम भएको स्विकार्दै त्यो क्रमशः बढाउदै लैजाने बताए । उनले सानो उमेरमामा प्रशिक्षण गराउन सके राम्रा खेलाडी उत्पादन गर्न सकिने भन्दै खेलकुदले मानव स्वास्थ्य समेत राम्रो बनाउने बताए ।

प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले काभ्रे क्याम्पसमा स्थापना गरिएको स्पोर्ट्स हल जिल्लाको खेलकुद विकासमा महत्त्वपूर्ण कदम भएको भन्दै कुलतमा फसेका युवालाई सुधार्नको लागी पनि उपयोगी हुने बताए ।

बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले खेलकुदको विकासको लागी बनेपा नगरपालिकाले लगानी गर्न खोजेको भन्दै प्रदेशबाट सहयोगको अपेक्षा गरे । नगरपालिकाले टेवल टेनिसको प्रशिक्षण समेत चलाएको भन्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने दावी गरे ।

उपप्रमुख विमला सापकोटा दाहालले बनेपामा खेलकुदको सम्भावना भएको भन्दै त्यसका लागि पुर्वाधार तयार गर्नुपर्ने बताइन् ।

कार्यक्रममा काभ्रे बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष लम्वोदर कायस्थ, क्याम्पस प्रमुख केजि बैदारले बनेपा नगरपालिकासंग सहकार्यमाकार्यमा क्याम्पसमा स्पोर्ट्स हल सन्चालन गर्न पाएकोमा आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस