माओवादी पूर्व लडाकू र एमाले नेता कांग्रेस प्रवेश

नौलो समाचार संवाददाता
२०८१ आश्विन २, बुधबार मा प्रकाशित ३५ पटक पढिएको
माओवादी पूर्व लडाकू र एमाले नेता कांग्रेस प्रवेश

बनेपा /  रोशी गाउँपालिका वडा नं ८ का नेकपा (माओवादी केन्द्र) का पूर्व लडाकू बुद्धिलाल तामाङ र एमाले नेता रमेश लामासहितका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

बनेपामा आयोजित प्रवेश कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति रहेका वाग्मती प्रदेश सभा सदस्य तीर्थ लामाले उनीहरुलाई पार्टीको सदस्यता दिएका थिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योञ्जन, १ (ख)का सभापति चन्द्रबहादुर लामा, २ (क) का सभापति हेम तामाङ, रोशी गाउँपालिका सभापति दुधराज तामाङ, वडा नं ८ का सभापति मिकासजीत लामालगायतले पार्टीमा स्वागत गरेका थिए ।

कांग्रेस सभापति लामाले प्रजातान्त्रिक विचारमा आस्था राखेर प्रवेश हुने सबैलाई उचित भूमिका र जिम्मेवारी प्रदान गर्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा संयोजन गरेका नेपाल तरुण दल रोशी वडा नं ८ का सभापति क्षितिज लामाले प्रजातान्त्रिक पार्टी कांग्रेसमा नवप्रवेशी नेता कार्यकर्ताको भावना सम्बोधन हुनुका साथै उचित व्यवस्थापन हुने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस