कांग्रेसको झण्डा निकाल्ने युवालाई प्रहरीको जिम्मा लगाइयो

नौलो समाचार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित ११५ पटक पढिएको
कांग्रेसको झण्डा निकाल्ने युवालाई प्रहरीको जिम्मा लगाइयो

धुलिखेल / धुलिखेलमा महामानव वी.पी कोइरालाको प्रतिमा अनावरण कार्यक्रम तयारीको लागि राखिएका नेपाली कांग्रेसको झण्डा निकाल्दै गरेका एक युवालाई नियन्त्रणमा लिइएको छ ।

धुलिखेल चोकदेखि हस्पिटलचोकस्थित कार्यक्रमस्थल सम्म राखिएका झण्डा निकाल्दै गरेका रामेछाप सुनापतिको पदम बहादुर मोक्तानलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिमा अनावरणको लागि असोज ५ गते नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धुलिखेल आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस