अनियन्त्रित भएर ट्रक खस्दा चालकको मृत्यु

नौलो समाचार संवाददाता
२०८१ आश्विन १०, बिहिबार मा प्रकाशित ६१ पटक पढिएको
अनियन्त्रित भएर ट्रक खस्दा चालकको मृत्यु
तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय धुलिखेल

पाँचखाल /  पाँचखाल नगरपालिका वडा नं ५, केराघारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो अरनिको राजमार्गमा अनियन्त्रित भइ अन्दाजी ७० मिटर तल खसेको थियो ।

घाइते चालक मरिण गाउँपालिका वडा नं १ का २८ बर्षीय रमेश ठाडाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस