आभाष साकोसमा नयाँ नेतृत्व

नौलो समाचार संवाददाता
२०८१ आश्विन १०, बिहिबार मा प्रकाशित ६४ पटक पढिएको
आभाष साकोसमा नयाँ नेतृत्व

बनेपा /  बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षमा ग्रोवेन तौजले निर्वाचित भएका छन् ।

१५ औं बार्षिक साधारणसभाले तौजलेको नेतृत्वमा ४ बर्षको लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।

उपाध्यक्षमा प्रकाश कायश्थ, सचिवमा धर्मभक्त प्रधान, कोषाध्यक्षमा सुर्यकुमार रजिंत र संचालक समितिको सदस्यमा शुभराज जोशी, त्रिरत्न रञ्जितकार, कृष्णभक्त मुनंकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायश्थ र निर्मला श्रेष्ठ चयन भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा विकास बैद्य र सदस्यमा सरोजकाजी पलाञ्चोके र हिरामणि शर्मा तिमल्सिना चयन भएका छन् ।

आर्थिक बर्ष २०८० / ८१ मा ८४ करोड ३१ लाखको कुल कारोबार गरेको संस्थाको कुल सम्पत्ति १४ दशमलव ६४ प्रतिशतले वृद्धि भएको कोषाध्यक्ष धर्मभक्त प्रधानले पेश गरेको आर्थिक प्रतिवेदनमा छ । शेयर पुँजी ३ करोड ७६ लाख ६३ हजार, बचत संकलन ७२ करोड ७३ लाख ४६ हजार र ऋण लगानी ६२ करोड ४१ लाख १४ हजार पुगेको प्रमुख कार्यकारी अधिकृत सुवास वैद्यले जानकारी दिए ।

गत आवमा ५५ लाख २२ हजार कर तिरेको सहकारीकोे जगेडा कोषमा २ करोड ६३ लाख ४४ हजार र जोखिम कोषमा ३ करोड २८ लाख ३५ हजार छुट्याइएको छ । गत आ.व. मा संस्थाले ५६ लाख ५३ हजार खुद नाफा आर्जन गरेको वैद्यले जानकारी दिए ।

सामाजिक काममा पनि उत्तिकै सकृय सहकारीले २०७४ सालबाट ‘छोरी अभियान’ सञ्चालन गरेर प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीलाई १० हजार प्रदान गर्दै आएको छ ।

गत आर्थिक बर्षमा १ सय १४ जना सदस्यलाई विभिन्न रोगको उपचार गर्न ८ लाख ४६ हजार आर्थिक सहायता प्रदान गरेको साधारणसभामा जानकारी दिइयो ।

 

प्रतिक्रिया दिनुहोस