‘ग्रेट हिमालयन ट्रेल’ वृतचित्रमा

नौलो समाचार संवाददाता
२०८१ आश्विन १६, बुधबार मा प्रकाशित ९९ पटक पढिएको
‘ग्रेट हिमालयन ट्रेल’ वृतचित्रमा

काठमाडौं / ग्रेट हिमालयन ट्रेलको तल्लो खण्डको पदयात्रा सम्वन्धी वृतचित्र तयार गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन विनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी माध्यमिक विद्यालयका शिक्षक लिला बहादुर विश्वकर्माले तेह्रथुमको याक्लिङदेखि दार्चुलाको खलंगाबजारसम्म ४१ दिनमा पार गरेको २७ जिल्लाको पदयात्रा वृतचित्रमा समेटिएको छ ।

पदयात्रा गर्न चाहाने पदयात्रीलाइ आकर्षित गर्न, सो रुटमा पर्ने स्थानीयको जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उदेश्यले तयार गरिएको वृतचित्र निर्माता पासाले जानकारी दिए । साहसिक पदयात्रा सम्वन्धी वृतचित्र rajan pasa Youtube Channel मार्फत हेर्न सकिने उनले जानकारी दिए ।

बागबजारस्थित सिटी म्याक्स हलमा गरिएको प्रदर्शनी कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले शिक्षण पेशमा रहेका दुई जनाले गरेको पदयात्राको प्रशंसा गर्दै निरन्तरताको कामना गरिन् ।

कार्यक्रममा पर्वतारोही माया गुरुङ , ग्रामीण पर्यटनविद् प्राध्यापक डा.प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजा, पर्यटनविद् भरत प्रसाद बडाल, पदयात्री राजन विनाएक पासा, लिला बहादुर विश्वकर्मा, दुर्गाराज पाण्डे लगायतले ग्रामिण पदयात्राका विभिन्न पाटाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस