पहिरोमा ज्यान गुमाउनेका परिवारलाई कांग्रेस बनेपाले दियो जनही २५ हजार

नौलो समाचार संवाददाता
२०८१ आश्विन १७, बिहिबार मा प्रकाशित २३३ पटक पढिएको
पहिरोमा ज्यान गुमाउनेका परिवारलाई कांग्रेस बनेपाले दियो जनही २५ हजार

बनेपा / असोज १० गतेदेखिको अविरल वर्षापछिको पहिरोमा ज्यान गुमाउनेको परिवारलाई नेपाली कांग्रेस बनेपाले नगद राहत उपलव्ध गराएको छ ।

स्थानीय जनप्रतिनिधि, वडा, नगर कार्यसमिति तथा जिल्लाका नेताहरुको रोहवरमा नेपाली कांग्रेस बनेपा नगरका सभापति महेश कुमार कर्माचार्यले जनही २५ हजारका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।

पहिरोमा ज्यान गुमाउने बनेपा वडा नं १० का युविन हुमागाईको परिवारलाई २५ हजार, बनेपा वडा नं १४ मा ज्यान गुमाएका बाबु छोरी मिलन तामाङ र छोरी सुनिताको परिवारलाई ५० हजार र वनेपा वडा नं ५ का ऋषिकेश दाहालको परिवारलाई २५ हजार राहत रकम हस्तान्तरण गरिएको हो ।

बाढी तथा पहिरो पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले राहत कोष स्थापना गरेको छ ।

कोषमा पार्टीका विभिन्न तहका नेता तथा शुभेच्छुकले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस