दशैंको विदामा पनि रोशी गाउँपालिकाका स्वास्थ्य संस्थाले सेवा दिने

नौलो समाचार संवाददाता
२०८१ आश्विन १७, बिहिबार मा प्रकाशित ११९ पटक पढिएको
दशैंको विदामा पनि रोशी गाउँपालिकाका स्वास्थ्य संस्थाले सेवा दिने

रोशी / लामो विदा रहने वडा दशैंमा पनि रोशी गाउँपालिकाका स्वास्थ्य संस्थाले सेवा दिने भएका छन् ।

असोज १० गतेदेखिको अविरल बर्षापछिको बाढी पहिरोले बढी क्षति पुगेको रोशीमा खानेपानी लगायतबाट महामारीजन्य रोग फैलन नदिन त्यहाँका १४ सरकारी स्वास्थ्य संस्थाले दशैंको समयमा पनि सेवा दिनेछन् ।

रोशी गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित महामारी रोकथाम, नियन्त्रणका लागि सबै स्वास्थ्य संस्था खुल्ला राखी सेवा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

गाउँपालिकामा रहेको १५ शैयाको अस्पताल भवन निर्माणाधीन अवस्थामै बाढीले बगाएको छ । रोशी १ मा रहेको स्वास्थ्यचौकी पनि पूर्ण रुपमा क्षति भएको छ ।

बाढी पहिरोमा परेर रोशी क्षेत्रमा १२ जनाले ज्यान गुमाएका छन् भने अधिकाशं घरमा क्षति पुगेको छ । खेतीयोग्य जमिन र बाली नाली नष्ट भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस