भकुन्डेबेंसीबाट तेमाल हुँदै वी.पी. राजमार्ग जोड्ने छोटो सडक सञ्चालनमा

नौलो समाचार संवाददाता
२०८१ आश्विन १९, शनिबार मा प्रकाशित १६९ पटक पढिएको
भकुन्डेबेंसीबाट तेमाल हुँदै वी.पी. राजमार्ग जोड्ने छोटो सडक सञ्चालनमा

तेमाल /  नमोबुद्ध नगरपालिको भकुन्डेबेंसीबाट तेमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा जोड्ने छोटो दुरीको सडक सञ्चालनमा ल्याइएको छ ।

सित्खास्थित पुलबाट सुनकोशी नदी तरेर वी.पी. राजमार्ग हुँदै बर्दिवास पुग्न सकिने गरी सडक तयार भएको हो । नमोबुद्ध नगरपालिकाको भकुण्डेवेशीबाट शुरु भएको सडक खण्डमा नगर प्रमुख कुन्साङ तेमालतर्फको सडक खण्डमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान (डिएम लामा) थोकरसहितका जनप्रतिनिधीको सकृयतामा छोटो दुरीको सडक सञ्चालन सम्भव भएको हो ।

मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको र भोलिबाट यात्रुसवाहक बस सञ्चालनमा आउने सडक खुलाउन खटिएका तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।

भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म करिब ३५ किलोमिटर दुरी छ  । रामेछाप र सिन्धुलीको सीमानाको सुनकोसी नदीको पक्की पुल सञ्चालनमा छ ।

खुर्कोट–नेपालथोक खण्ड अन्तर्गत बीपी राजमार्ग भएर खुर्कोटबाट सित्खा पुग्नको लागि २० किलोमिटर छ । भकुन्डेबेंसीबाट बीपी राजमार्ग भएर खुर्कोट पुग्न ५९ किलोमिटर छ भने तिमाल हुँदै खुर्कोट पुग्न ५५ किलोमिटर मात्रै छ ।

यता बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलिखेल खण्डमा अस्थायी सडक निर्माण जारी छ ।

प्रतिक्रिया दिनुहोस