बनेपा बचतको अध्यक्षमा रहदेव निर्वाचित

नौलो समाचार संवाददाता
२०८१ आश्विन १९, शनिबार मा प्रकाशित ४५ पटक पढिएको
बनेपा बचतको अध्यक्षमा रहदेव निर्वाचित

बनेपा /  बनेपा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रहदेव पोटे निर्वाचित भएका छन् ।

संस्थाको २५ औं साधारण सभा तथा अधिवेशनले पोटेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

उपाध्यक्षमा पदमसुन्दर श्रेष्ठ, सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर र सञ्चालक सदस्यमा शर्मिला मल्ली, लक्ष्मीनारायण ताम्राकार, अशोक वादे श्रेष्ठ निर्वाचित भएका छन् ।

लेखा समितिको संयोजकमा जगदिप पलाञ्चोके र सदस्यमा ओमकाजी प्रजापती र रुपेन्द्र शाक्य निर्वाचित भएका छन् । निर्वाचन संयोजक महेश कुंवरले निर्वाचनको प्रमाणपत्र प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस