३ बर्षको सेवासुविधा बापतको १५ लाख रकम बाढी पहिरो प्रभावित स्थानीय तहलाई

नौलो समाचार संवाददाता
२०८१ आश्विन २१, सोमबार मा प्रकाशित ६६ पटक पढिएको
३ बर्षको सेवासुविधा बापतको १५ लाख रकम बाढी पहिरो प्रभावित स्थानीय तहलाई

काभ्रे / पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफनो मासिक सेवासुविधा बापतको १५ लाख रकम जिल्लामा बाढी पहिरो प्रभावित स्थानीय तहलाई दिने घोषणा गरेका छन् ।

आफ्नो स्थानीय तहको तुलनामा बढी क्षति भएको भन्दै खरेलले अन्यलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

नगर कार्यपालिका बैठकले नै यस सम्बन्धमा निर्णय गरेको प्रमुख खरेलले बताए ।

बाग्मती प्रदेशमा स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्वन्धी ऐन अनुसार नगर प्रमुखले सुविधाबापत मासिक ३५ हजार र सञ्चार सुविधा २ हजार पाउँछन् ।

प्रतिक्रिया दिनुहोस