मंगलबार विहानबाट वी.पी. राजमार्ग पुनः सञ्चालनमा आउने

नौलो समाचार संवाददाता
२०८१ आश्विन २८, सोमबार मा प्रकाशित १५३ पटक पढिएको
मंगलबार विहानबाट वी.पी. राजमार्ग पुनः सञ्चालनमा आउने

भकुण्डेवेशी / वाढी र पहिरोका कारण अवरुद्ध वी.पी. राजमार्ग मंगलबार विहानबाट पुनः सञ्चालनमा आउने भएको छ ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षापछिको बाढी पहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेंसीदेखि वर्षेखोला खण्डका विभिन्न स्थानमा पूर्ण रुपमा बगाएको ८ किलोमिटर भन्दा बढी लम्बाईको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरिएपछि राजमार्ग सञ्चालनमा आउन लागेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

यसअघि साना सवारीसाधन सञ्चालनको लागि आवागन खुलाइएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए ।

वी.पी. राजमार्ग अन्तर्गत चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन सोमबार साँझसम्म सुधार गरेपश्चात सो राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्ने तयारी गरेको सूचना जारी गर्दै कार्यालयले जनाएको छ ।

उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातको समयमा यात्रा नगर्न कार्यालयले सूचनामार्फत अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस