उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी निरिक्षक बडुवालको निधन

नौलो समाचार संवाददाता
२०८१ आश्विन २८, सोमबार मा प्रकाशित ११७ पटक पढिएको
उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी निरिक्षक बडुवालको निधन

बनेपा — काभ्रेमा बाढी र पहिरो प्रभावितको उद्धारमा खटिएका सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको निधन भएको छ ।

असोज २६ गतेदेखि स्वास्थ्यमा समस्या देखिएका बडुवालको सोमबार विहान ८ बजे सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा निधन भएको सशस्त्र प्रहरी बल नेपाल नं १५ गणका गणपति प्रहरी उपरीक्षक प्रेम प्रसाईंले जानकारी दिए ।

असोज दोस्रो सातामा आएको बाढीपहिरोमा परेका प्रभावितको उद्धार तथा राहतमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक ४२ वर्षीय दिलबहादुर बडुवालको निधन भएको छ ।

ज्वरो लगायतका लक्षण देखिएपछि धुलिखेल अस्पताल ल्याइएका बडुवालको निमोनियाको कारण निधन भएको जनाइएको छ ।

काभ्रेको आइटी पार्कमा सञ्चालन गरिएको सशस्त्र प्रहरी अस्थाइ मनसुन तथा प्रकोप व्यस्थापन बेसको कमाण्डरको रुपमा कार्यरत थिए ।

बर्दिया घर भएका बडुवालको अन्त्येष्टिका लागि शव बर्दिया नै लाने तयारी भइरहेको गणपति प्रसाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस