काभ्रे बारको चुनावमा डिएलए र एसपिएलएको संयुक्त उम्मेदवारी, जयराम थापाको नेतृत्वमा लोकतान्त्रिक प्रगतिशिल समावेशी प्यानल

डेमोक्रेटिक लयर्स एशोसिएसन (डि एल ए) काभ्रेले एक सूचना जारी गरेर विभिन्न सामाजिक सञ्जालमा डि एल ए को नाम जोडेर केही व्यक्तिले उम्मेदवारी घोषणा गरेको भन्दै त्यस्तो भ्रममा नपर्न अनुरोध गरेको छ ।
नौलो समाचार संवाददाता
२०८१ कार्तिक १, बिहिबार मा प्रकाशित ६२ पटक पढिएको
काभ्रे बारको चुनावमा डिएलए र एसपिएलएको संयुक्त उम्मेदवारी, जयराम थापाको नेतृत्वमा लोकतान्त्रिक प्रगतिशिल समावेशी प्यानल

धुलिखेल / कार्तिक ३ गते हुने नेपाल बार एशोसिएसन काभ्रे इकाईको निर्वाचनमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) र प्रगतिशील कानून व्यवसायी एशोसिएसन (एसपिएलए) ले संयुक्त उम्मेदवारी घोषणा गरेका छन् ।

अधिवक्ता जयराम थापाको नेतृत्वमा बृहत लोकतान्त्रिक प्रगतिशिल समावेशी कानून व्यवसायी प्यानल घोषणा गरिएको छ । उक्त समूहबाट उपाध्यक्षमा हरिशरण बस्नेत, सचिवमा प्राणनाथ न्यौपाने, कोषाध्यक्षमा पुष्पराज थापा, सहसचिवमा जमुना पसछे छन् । सदस्यहरुमा रमिता मानन्धर, परमात्माराम पराजुली, राजेन्द्र तिमल्सिना, श्रीकृष्ण वैजु श्रेष्ठ, प्रल्हाद गिरी, राजु लामा, महेन्द्र तामाङ र बुद्ध रत्न मानन्धर छन् । पार्षदमा जगत शाह, श्याम कृष्ण त्रिपाठी, सूर्य बहादुर गोले, कुमार थापा, राजु के.सी. र शान्ती धिताल छन् ।

डेमोक्रेटिक लयर्स एशोसिएसन (डि एल ए) काभ्रेले एक सूचना जारी गरेर विभिन्न सामाजिक सञ्जालमा डि एल ए को नाम जोडेर केही व्यक्तिले उम्मेदवारी घोषणा गरेको भन्दै त्यस्तो भ्रममा नपर्न अनुरोध गरेको छ । डि एल ए र एस पि एल ए का उम्मेदवार बाहेक अन्य उम्मेदवार नरहे नभएको हुँदा भ्रममा नरहन, नपार्न र नपर्न अनुरोध गरिएको डिएलए काभ्रेका अध्यक्ष महेश कुँवरले जानकारी दिए ।

प्रगतिशील कानून व्यवसायीको तर्फबाट हरिशरण दाहाल अध्यक्षमा उम्मेदवार छन् ।

काभ्रे बार एकाईमा १ सय २३ सदस्यहरू छन् ।

प्रतिक्रिया दिनुहोस