काभ्रे बारको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित

नौलो समाचार संवाददाता
२०८१ कार्तिक ३, शनिबार मा प्रकाशित ६५ पटक पढिएको
काभ्रे बारको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित

धुलिखेल / नेपाल बार एशोसिएसन काभ्रे इकाईको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित भएका छन् ।

कार्तिक ३ गते शनिवार भएको निर्वाचनमा निकटतमा प्रतिस्पर्धी जयराम थापालाई १ मतले पराजित गर्दै दाहालले बाजी मारेका हुन् ।

दाहालले ५८ मत र उनका प्रतिस्पर्धी थापाले ५७ ले मत प्राप्त गरेका छन् । १ सय २३ मतदाता रहेको काभ्रे बार इकाईमा १ सय १५ मत खसेको थियो ।

उपाध्यक्षमा निरोजप्रसाद नेपाल, सचिवमा नारायणध्वज तामाङ, कोषाध्यक्षमा मुकुन्द मुनाकर्मी, सह सचिवमा लालतारा अधिकारी निर्वाचित भए । सदस्यहरुमा महेन्द्र तामाङ, दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, सुरज तिमल्सिना, उमा थापा, रमिता मानन्धर निर्वाचित भएका छन् ।

पार्षदमा विजयभक्त श्रेष्ठ, श्यामकृष्ण खत्री, कुमारप्रसाद भट्टराई, कुमार थापा, रामप्रसाद मानन्धर निर्वाचित भएका छन् । समान मत प्राप्त गर्ने फडिन्द्र कार्की र राज के.सी.ले बराबर कार्यकाल काम गर्नेछन् ।

नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) र प्रगतिशील कानून व्यवसायी एशोसिएसन (एसपिएलए) ले अधिवक्ता जयराम थापाको नेतृत्वमा ‘बृहत लोकतान्त्रिक प्रगतिशिल समावेशी कानून व्यवसायी प्यानल’ घोषणा गरेका थिए भने प्रगतिशील कानून व्यवसायीको तर्फबाट हरिशरण दाहालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), क्रान्तिकारी माओवादी लगायत निकट कानून व्यवसायीले ‘पेशागत, समावेशी र सर्वपक्षीय’ प्यानल बनाएका थिए ।

डिएलए काभ्रेका पूर्व अध्यक्ष विजयभक्त श्रेष्ठसहितका केही सदस्यले विपक्षी समुहबाट उम्मेदवारी दिएर सघाएपछि प्रगतिशिल कानून व्यवसायी दाहाल १ मत अन्तरले निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस