काभ्रेका विभिन्न स्थानमा मनाइयो छठ पर्व

नौलो समाचार संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार मा प्रकाशित २०५ पटक पढिएको
काभ्रेका विभिन्न स्थानमा मनाइयो छठ पर्व
दोलालघाटस्थित इन्द्रावती नदी किनारमा छठी माईको पुजा गरिदै । तस्वीर : कर्मा लामा

काभ्रे /  काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ ।

विभिन्न पेशा र व्यवसायको क्रममा लामो समय देखि जिल्लाको बनेपा, दोलालघाट क्षेत्रमा रहेका तराईमुलका नागरिकले त्यहाँका पोखरी, खोलामा सुर्यको अनुष्ठान गरी छठ पर्व मनाएका हुन् ।

बनेपा गणेशस्थानस्थित पोखरी, दोलालघाटस्थित इन्द्रावती र सुनकोशी नदीमा उदाउँदो सुर्यलाई अघ्र्य दिएर छठ समापन गरिएको हो ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वका अनुष्ठान मंगलबारदेखि नै सुरु भएर बिहीबा अस्ताउँदो सूर्य र शुक्रबार बिहान (आज) उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको हो ।

पुत्र, पति र परिवारको कल्याण तथा पृथ्वीमा पर्याप्त प्रकाश छरेको भन्दै सूर्यलाई धन्यवाद दिनु छठ पर्वको महत्व हो । कात्तिक शुक्ल षष्ठी र चैती गरी छठ पर्व वर्षमा दुई पटक मनाइन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको मान्यता छ ।

 

प्रतिक्रिया दिनुहोस