बनेपा / मदानी विट मिडिया प्रालीद्वारा संचालित ‘मदानी विट डटकम’ स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको छ ।
‘हरेक सुचनाको मन्थन : पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ नारा दिएर शुरु भएको मदानी विट डटकमले पहिलो बर्ष पुरा गरेको अवसरमा मंगलबार एक कार्यक्रम गरेको छ ।
कार्यक्रममा संचार तथा सूचना प्रविधीमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले प्रेस स्वतन्त्रताका नाममा समाजमा अराजकता फैलाउन नहुने बताए । सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्दै उनले स्वतन्त्र प्रेस मर्यादा भित्र हुनुपर्ने बताए ।
मदानी विट मिडिया प्रा.लि.का अध्यक्ष मोतीराम तिमल्सिना, सम्पादक श्याम सापकोटा लगायतले सञ्चार माध्यमले एक बर्षका आरोह अवरोहबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस