मेलुङ थकालीको स्वादिष्ट खाना अब बनेपामा नै

नौलो समाचार संवाददाता
२०८१ मंसिर १२, बुधबार मा प्रकाशित ५२४ पटक पढिएको
मेलुङ थकालीको स्वादिष्ट खाना अब बनेपामा नै

बनेपा / थकाली खानाको लागि ब्राण्ड बनाएको मेलुङ थकाली किचेनको ‘स्वादिष्ट परिकार’ अब बनेपा नै पाइने भएको छ ।

बनेपाको चाँदनीचोकमा द बर्गर हाउस एण्ड क्रन्ची फाइड किचेन सञ्चालन गरिरहेको समूहले नै बनेपामा मेलुङ थकाली किचेन सञ्चालनमा ल्याएको हो ।

फरक स्वाद दिने उद्धेश्यसहित सादा, चिकेन, मटन, माछा, बदेलका परिकारसहितको खाना सेट पाइने मेलुङ थकालीका सञ्चालक कृष्ण लामाले जानकारी दिए ।

ढिडोसहित मार्सी खानाका अलावा खसीको सुकुटी, ह्याकुला, लोकल कुखुरा, असला माछा, ट्राउट माछा पनि पाइने सञ्चालक अर्जुन लामाले जानकारी दिए ।

पारिवारिक वातावरणमा स्वस्थकर खाना पाइने थकाली किचेनले खाना सेटमा २० प्रतिशत छुटको व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस