नमोबुद्ध / अष्ट्रेलिया बस्दै आएकी नमोबुद्ध वडा नं ११ की लक्ष्मी तामाङले बाढी पहिरोले क्षति भएका वडा नं ११ र १० का १ सय ८० घर परिवारलाई व्ल्याङकेट सहयोग गरेकी छन् ।
गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षाका कारण बाढी पहिरोले क्षति भएका घर परिवारलाई नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्य रोशन लामा र आमन्त्रित जिल्ला सदस्य विजय लामाको विशेष पहलमा अष्ट्रेलिया बस्दै आएकी लक्ष्मी तामाङले सहयोग गरेकी हुन् ।
जाडो मौससमा चिसोबाट बच्नको लागि भन्दै वडा नं ११ को विमिरे, भालुखर्क, कपरढुंगा, वडा नं १० को बसेरी, सिम्ले, सिम्पानी छाप लगायतका स्थानमा बाढी र पहिरोपीडित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई व्ल्याङकेट सहयोग गरिएको हो ।
नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तामान तामाङ, प्रदेश सभा क्षेत्र नं १ (ख) का सभापति चन्द्रबहादुर तामाङ, जिल्ला सदस्य भोला भट्टराई, बुद्धराज मोक्तान, आमन्त्रित जिल्ला सदस्य विजय लामा, नेपाल सास्कृतिक संघ काभ्रेका सभापति मीम दोङ, नेपाली कांग्रेस काभ्रेका पूर्व जिल्ला सदस्य गोकूल तिमल्सिना, नमोबुद्ध नगर कार्यसमिति सदस्य कृष्णप्रसाद तिमल्सिना, वडा नं ११ का सभापति शंकरदेव भट्टराई, वडा नं १० का सभापति लालकाजी तामाङ, नमोबुद्ध नगर कार्यपालिका सदस्य बुद्धकुमारी तामाङ, वडा नं १० का सदस्य सन्तोष पाठक लगायतले व्ल्याङकेट वितरण गरेका थिए ।
सहयोग पाएपछि स्थानीयले खुशी व्यक्त गर्दै दाताहरुलाई आभार प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस