नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान : सबै वडामा सचेतना र परामर्श

नौलो समाचार संवाददाता
२०८१ मंसिर १६, आईतबार मा प्रकाशित १५२ पटक पढिएको
नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान : सबै वडामा सचेतना र परामर्श

भकुण्डेवेशी /  नमोबुद्व नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत सबै वडामा सचेतना र परामर्श चलाएको छ ।

१६ दिन सम्म चल्ने अभियानमा सबै वडामा ५० जना महिलाहरुको सहभागितामा लैंगिक हिंसा विरूद्ध सचेतना र परामर्श सञ्चालन गरिने महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारा सुनुवारले जानकारी दिइन् । उनका अनुसार, अभियान अन्तर्गत आइतबारसम्म वडा नं ७, ८ र ३ मा अभिमुखिकरण गरिसकिएको छ ।

मानवअधिकारको क्षेत्रमा कार्यरत भोजराज तिमल्सिनाले सहभागीहरुलाई लैंगिक हिंसा, मावअधिकार, महिला अधिकारका विभिन्न सवालका बारेमा अभिमुखिकरण गरिरहेका छन् ।

नगर प्रमुख कुन्साङ लामाले शान्तिको प्रतिक सेतो रिवन लगाएर अभियान शुभारम्भ गर्दै यस्ता प्रशिक्षणले समाजमा चेतना फैलाउनुका साथै हिंसा नियन्त्रणमा सहयोगी हुने विचार व्यक्त गरे ।

कार्यपालिका सदस्य शुशिला परियारले नगरपालिकाले लैंगिक हिंसा नियन्त्रणको लागि निरन्तर अभियान चलाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस