नमोबुद्ध नगरपालिकाले स्वास्थ्य स्वंयमसेविकलाई नगद २० हजारसहित विदाई गर्यो

नौलो समाचार संवाददाता
२०८१ मंसिर २०, बिहिबार मा प्रकाशित २२२ पटक पढिएको
नमोबुद्ध नगरपालिकाले स्वास्थ्य स्वंयमसेविकलाई नगद २० हजारसहित विदाई गर्यो

भकुण्डेवेशी / उमेरहदका कारण सेवा निवृत स्वास्थ्य स्वंयमसेविकालाई नमोबुद्ध नगरपालिकाले नगदसहित विदाई गरेको छ ।

स्वास्थ्य क्षेत्रमा उनीहरुले पुरयाएको योगदानको कदर गर्दैै नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनही २० हजार रुपैयाँको दरले नगदसहित सम्मान र विदाई गरेको हो । उनीहरुसहित नगरपालिकाको ११ वटै वडामा कार्यरत ८२ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई नगरपालिकाले सम्मान गरेको छ । सम्मानित स्वंयमसेविकालाई नगरपालिकाले व्याग, छाता, टर्चलाइट, टोपी लगायतका सामाग्री प्रदान गरेको छ ।

पूर्वमन्त्री रहेका वाग्मती प्रदेश सभा सदस्य तीर्थ लामाले उनीहरुलाई सम्मान गरेका थिए । सम्मानपछि बोल्दै पूर्वमन्त्री लामाले महिला स्वंयमसेविकाको योगदानको सबैले कदर गर्नुपर्ने भन्दै नगरपालिकाले गरेको कामको प्रशंसा गरे । उनले स्वंयमसेविकालाई थप सेवा सुविधाको लागि प्रदेश सरकारमार्फत पहल गर्ने बताए । प्रदेश सरकारले निवृत हुने महिला स्वास्थ्य स्वंयमसेविकालाई २० हजार रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले स्वंयमसेविकाले गरेको योगदानको कदर स्वरुप नगरपालिकाले नगद सहित सम्मान गरेको बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य स्वंयमसेविकाले सुविधा भन्दा बढी सेवा गरेको भन्दै उनीहरुको निस्वार्थ भावनाको कदर गर्नुुपर्ने बताए ।

नमोबुद्ध नगर उपप्रमुख रत्नबहादुर लामाले स्वयमसेविकाको लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, स्वास्थ्य शाखा संयोजक सुनिल के.सी. लगायतले महिला स्वास्थ्य स्वंयमसेविकाको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस