विपद व्यवस्थापन कार्ययोजना बनाउन धुलिखेलमा कार्यशाला

नौलो समाचार संवाददाता
२०८१ पौष ३, बुधबार मा प्रकाशित १६१ पटक पढिएको
विपद व्यवस्थापन कार्ययोजना बनाउन धुलिखेलमा कार्यशाला

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लामा विपद जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापनका लागि कार्ययोजना निर्माण गर्ने उद्देश्यले दुई दिने कार्याशाला धुलिखेलमा शुरु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आयोजना तथा जिल्लामा विपदको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसंघीय बालबालिकाको आपतकालिन कोष (युनिसेफ), सेभ द चिल्डे«न, केयर नेपाल, नेपाल रेडक्रस सोसाइटी लगायतका संघ संस्थाहरुको सहयोगमा पुष ३ र ४ गते सञ्चालन हुने गरी कार्यशाला शुरु भएको हो ।

विपद पूर्वतयारी, खोज तथा उद्दार, राहत वितरण लगायतका क्रियाकलापहरुको सिकाइ आदान प्रदान, आवश्यकता र उपलब्धता बीचको अन्तराल तथा आगामी दिनका लागि विपद् जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापनका लागि कार्ययोजना निर्माण गर्ने उद्देश्यले आयोजित कार्यशालामा प्रतिनिधी सभा र प्रदेश सभा सदस्य , १३ वटै स्थानीय तह, राजनीतिक दल, क्षेत्रगत कार्यालयहरु र जिल्लामा कार्यरत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

खानेपानी मन्त्री प्रदिप यादव प्रमुख अतिथी रहेको कार्यक्रममा प्रतिनिधी सभा सदस्य गोकूलप्रसाद बास्कोटा, सुर्यमान दोङ, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, रत्नप्रसाद ढकाल, लक्ष्मण ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस