धुलिखेल वडा नं १० मा जेष्ठ नागरिक र एकल महिलालाई सम्मान

नौलो समाचार संवाददाता
२०८१ पौष ४, बिहिबार मा प्रकाशित १८८ पटक पढिएको
धुलिखेल वडा नं १० मा जेष्ठ नागरिक र एकल महिलालाई सम्मान

धुलिखेल /  धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ६८ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ ।

प्रत्येक बर्ष जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गर्दै आएको वडाले यस बर्ष जाडोको लागि १ सय ९० जनालाई ‘मिनि ब्लाङकेट’ प्रदान गरेको वडा अध्यक्ष गोविन्द प्रसाद उपाध्यायले जानकारी दिए । भौतिकसंगै सामाजिक विकासलाई उत्तिकै जोड दिएको वडाले समय समयमा स्वास्थ्य शिविर, स्थानीय पाटी पौवा संरक्षणका साथै बालबालिकाका लागि कार्यक्रम गर्दै आएको बताए । उनका अनुसार, वडाको पहलमा सेभ द हर्टले गरेको परिक्षण शिविरमा जचाएका ७ सय जना मध्ये १३ जनामा समस्या देखिएर शल्यक्रिया निशुल्क गरिएको छ ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिकको रक्तचाप (ब्लड प्रेसर), मधुमेह (सुगर) तथा खकार जाँच समेत गरिएको शारदाबतासे स्वास्थ्यचौकी इञ्चार्ज बलराम पौडेलले जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य अशोककुमार शाह, मछिन्द्र राउत, रत्नमान तामाङ, सम्झना परियार, वडा सचिव ईश्वर प्रसाद सापकोटा, लगायतको सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस