मन्त्री पाण्डेद्वारा ‘पनौतीका केही जात्रापर्वहरू’को तेस्रो संस्करण पुस्तक लोकार्पण

नौलो समाचार संवाददाता
२०८१ पौष ६, शनिबार मा प्रकाशित १२१ पटक पढिएको
मन्त्री पाण्डेद्वारा ‘पनौतीका केही जात्रापर्वहरू’को तेस्रो संस्करण पुस्तक लोकार्पण

पनौती / साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले लेखेको पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’को तेस्रो संस्करण लोकार्पण भएको छ ।

प्राचीन नगर पनौतीमा वर्षभरि मनाईने जात्रा तथा चाडवाडका विषयमा तयार गरिएको पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो । पनौती नगरको परिचय, इतिहास, जात्रा पर्वहरू, मकुण्डो नाच आदि विषय समेटिएको पुस्तकमा ५ खण्ड छन् ।

सप्तलाल श्रीराम स्मृती प्रतिष्ठानले शनिवार पनौतीमा आयोजना गरेको कार्यक्रममा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेले पुस्तक लोकार्पण गरेका हुन् ।

प्रतिष्ठानले पनौतीका पूराना नेता प्रेमबहादुर महाजु र इन्द्रकुमारी खड्कालाई प्रजातान्त्रिक योद्धा सम्मान र समाजसेवी महेश कर्माचार्यलाई समाजसेवामा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरेको छ । मन्त्री पाण्डेले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्व सम्पदा सूचिकरणको प्रकृयामा रहेको ऐतिहासिक, पुरातात्विक नगर पनौतीलाई मापदण्ड पुरा गर्नको लागि मन्त्रालयले समेत सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका प्रदेश सभा सदस्य तीर्थ लामा, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी लगायतले प्रजातन्त्र प्राप्ती लगायतका सामाजिक अभियानमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा खोज, अनुसन्धान लगायतका क्षेत्रमा काम गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस