रोशी / रोशी गाउँपालिका वडा नं २, नारायणटारमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान सञ्चालन गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय र जिल्ला कार्यसमिति काभ्रेको परिपत्र अनुसार १०० दिने बिशेष अभियान तथा क्रियाशिल सदस्यता वितरण गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी रहेका केन्द्रीय सदस्य जितजंग बस्नेत, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, महासमिति सदस्य सार्कीमान बल, प्रदेश सभा क्षेत्र नं १ (ख) का सभापति चन्द्रबहादुर लामा, जिल्ला प्रतिनिधी ज्ञानबहादुर लामा, रोशी गाउँपालिका सभापति दुधराज तामाङ, काठमाडौं–रोशी सम्पर्क समितिका सभापति गणजित लामा (मनिष), वडा नं २ का सभापति प्रताप लामाको उपस्थितीमा १ सय ७ जनालाई कृयाशिल सदस्यता वितरण गरिएको हो ।
पार्टीको संगठन सुदृढिकरणको लागि शुरु भएको अभियानको लागि कांग्रेसको केन्द्र, जिल्ला, क्षेत्र, प्रदेश, स्थानीय तह स्तरीय समितिले समेत प्रतिनिधी खटाएका छन् ।
कार्यक्रममा बोल्ने अधिकाशं नेता कार्यकर्ताले अभियानले पार्टीको संगठन निर्माण फाइदा पुग्ने विश्वास लिँदै सबै तहका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस