सम्बृद्धि साकोसले बाढ्यो १५ प्रतिशत शेयर लाभांश

नौलो समाचार संवाददाता
२०८१ पौष १३, शनिबार मा प्रकाशित १९ पटक पढिएको
सम्बृद्धि साकोसले बाढ्यो १५ प्रतिशत शेयर लाभांश

बनेपा /  बनेपा नगरपालिका वडा नं ५ मा रहेको सम्बृद्धि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८०/८१ मा ९३ लाख ९६ हजार ३ सय ५५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

१७ औं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार, २ करोड ८३ लाख ९६ हजार शेयर पुँजी भएको सहकारीले एक आर्थिक बर्षमा २३ करोड ३५ लाख २५ हजार रुपैयाँको कारोबार समेत गरेको छ । १ हजार ९५ जना शेयर सदस्य रहेको सहकारीको साधारणसभाले १५ प्रतिशतका दरले शेयर लाभांश वितरया गर्ने निर्णय समेत गरेको छ ।

सहकारीले गत बर्षको एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने संस्थागत विद्यालयतर्फ साइसा राई र सामुदायिक विद्यालयतर्फ सन्ध्या श्रेष्ठ र उच्च शिक्षातर्फ विश्वास वैद्यलाई सम्मान गरिएको थियो । शारिरीक अशक्तता भएका ५ जनालाई नगदसहित सम्मान गरिएको थियो । बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष सागरनाथ कपाली, सहकारीका अध्यक्ष साधुराम दाहाल, उपाध्यक्ष रेवतीप्रसाद दाहाल, सचिव पुष्पराज कोइराला, कोषाध्यक्ष गणेशप्रसाद दाहाल लगायतले सहकारी र हाल यो क्षेत्रमा देखिएका समस्याबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस