धुलिखेलमा खानेपानी पुनर्निर्माणको लागि जर्मन सरकारले उपलव्ध गरायो १ लाख युरो

नौलो समाचार संवाददाता
२०८१ पौष १६, मंगलबार मा प्रकाशित ५१ पटक पढिएको
धुलिखेलमा खानेपानी पुनर्निर्माणको लागि जर्मन सरकारले उपलव्ध गरायो १ लाख युरो

धुलिखेल / खानेपानी आयोजना पुनर्निर्माणको लागि जर्मन सरकारले धुलिखेल नगरपालिकामार्फत खानेपानी उपभोक्ता समितिलाई १ लाख युरो उपलव्ध गराएको छ ।

धुलिखेल नगरपालिकाको अगुवाईमा जर्मन सरकारले दुतावासमार्फत जिआईजेडसँग १ लाख युरो उपलब्ध गराउने सम्झौतापत्रमा मंगलबार नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु र जिआईजेडका तर्फबाट तिर्थ सिन्हाले हस्ताक्षर गरेका छन् ।

स्थायी संरचनासहित पुनर्निर्माणको लागि ३ करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाको ४० प्रतिशत रकम जर्मन सरकारको तर्फबाट उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । ६० प्रतिशत रकम नगरपालिका, उपभोक्ता समिति र अन्य श्रोतबाट जम्मा गरिनेछ । हाल युरोको बजार मुल्य अनुसार, १ करोड ४३ लाख नेपाली रुपैयाँ हुन जान्छ ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, जिआईजेडका तर्फबाट संजय थापा, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णभुषण खोँजु लगायतका पदाधिकारीहरु, वडा अध्यक्षहरु समेतको सहभागिता थियो ।

विपदमा सहयोग गरेको भन्दै नगर प्रमुख व्याञ्जुले जर्मन सरकारप्रति आभार प्रकट गरे ।

पनौती नगरपालिका वडा नम्बर १२ भुमेडाँडामा रहेको मुहानमा गत असोज १० देखि १२ गतेको अबिरल बर्षापछिकोे बाढी र पहिरोले क्षति गराएको छ ।

प्रतिक्रिया दिनुहोस