काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा

नौलो समाचार संवाददाता
२०८१ पौष २२, सोमबार मा प्रकाशित २० पटक पढिएको
काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा

पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ ।

१३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा पनौती नगरपालिकाको व्यवस्थापनमा भएको समीक्षामा काभ्रेका स्थानीय तहहरु, संघीय र प्रादेशिक सरकारी कार्यालयहरुको आर्थिक वर्ष २०८०/८१ को र चालु आर्थिक बर्षको हालसम्मको अवधीको प्रगति समिक्षा गरिएको हो ।

प्रगति समिक्षा गर्न सूचना प्रविधिको भरपुर प्रयोग गरेको समन्वयले श्रव्यदृश्य सामाग्रीमार्फत विषय प्रवेश गराएको थियो ।

बाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले व्यक्ति आफैले भूमिका सिर्जना गर्नुपर्ने भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको नेतृत्वमा भएका कामबाट आफू प्रभावित भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ, काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले सुशासन र पारदर्शितामा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस