धुलिखेल / जिल्लाका १५ हजार ९ सय ५७ हजार छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने भएको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ हजार ५ सय ९ छात्रा र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष सम्मका ४ सय ४८ लाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।
माघ २२ गतेदेखि फाल्गुन ६ गते सम्म सञ्चालन हुने १५ दिने अभियानको लागि विद्यालयलाई नै खोप केन्द्र तोकिएको छ । विद्यालय बाहिर ४ स्थानमा खोप केन्द्र सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने जानकारी दिए ।
प्रत्येक स्थानीय तहमा २ जनाका दरले सुपरभाइजर र १ सय ७० जना स्थानीय सुपरभाइजर खटिने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस