काभ्रेमा प्रहरी र पत्रकारविच अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८१ पौष २३, मंगलबार मा प्रकाशित २७ पटक पढिएको
काभ्रेमा प्रहरी र पत्रकारविच अन्तरक्रिया

धुलिखेल /  जिल्ला प्रहरी कार्यालय काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्यसमितिसंग अन्तरक्रिया गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा जिल्लामा अपराध नियन्त्रणको लागि दुई संस्थाविच सहकार्यमा जोड दिइयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले जिल्लामा अपराध नियन्त्रण गर्न सञ्चार क्षेत्रको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझै सहकार्यको अपेक्षा गरिन् । व्यवहारिक कठिनाइका कारण केही सूचना दिन ढिलाई भएको हुन सक्ने भन्दै उनले गोपनियता र अनुसन्धान प्रभावित नहुने गरी सूचना प्रदान गर्ने प्रतिवद्धता जनाए ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले सहजै सूचना पाउने व्यवस्था मिलाउनको लागि अनुरोध गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले सूचना आदानप्रदानमा सहकार्य रहने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस