सिटिजन लाइफद्वारा घातकरोग उपचार खर्चबापत पीडितलाई ५ लाख हस्तान्तरण

नौलो समाचार संवाददाता
२०८१ पौष २३, मंगलबार मा प्रकाशित २९ पटक पढिएको
सिटिजन लाइफद्वारा घातकरोग उपचार खर्चबापत पीडितलाई ५ लाख हस्तान्तरण

बनेपा । सिटिजन लाइफ इन्सुरेन्सले घातक रोग अन्तर्गत बहिरोपन भएको व्यक्तिलाई उपचार खर्च उपलब्ध गराएको छ ।

कम्पनीले रोशी ११ घर भइ बनेपा नगरपालिका वडा नं. ६ बसोबास गर्दै आएका विमित कृष्णमान तामाङलाई घातक रोग उपचार खर्च वापत ५ लाख ९ सय ५९ रुपैयाँ बनेपा शाखामा एक औपचारिक कार्यक्रम गर्दै कम्पनीले पीडितलाई चेक हस्तान्तरण गरेको हो ।

सुरुमा स्वस्थ रहेका कृष्णमान तामाङले १५ वर्ष अवधिको बिमा गरेका थिए तर ६ वर्षको प्रिमियम रकम तिरिसक्दा अकस्मात कान नसुन्ने समस्या देखापरेको हो ।

सिटिजन लाइफ इन्सुरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले क्यान्सर, मृगौला फेल, ओपन हर्ट सर्जरी, जलन लगायतका समस्या भएमा बिमितलाई सम्झौता बमोजिमको रकम उपलब्ध गराउने जानकारी दिए । अधिकतम् ५० लाख सम्म दिने व्यवस्था रहेको पोखरेलले बताए ।

सिटिजन लाइफ इन्सुरेन्स बनेपा शाखा प्रमुख ओहमराज तामाङले बिमाले मृत्यु भएपछि मात्र भुक्तानी दिन्छ भन्ने भाष्य गलत भएको बताए ।

सिटिजन लाईफ बनेपाका एजेन्सी मेनेजर अशोक बुद्ध लामाले बिमा झण्झटिलो भन्ने गरिए तापनि कागजात पेश गरेको १ हप्ता भित्रै भुक्तानी बिमितले प्राप्त गरेको जानकारी दिए ।

पीडितकी धर्मपत्नी गुणमाया तामाङले बिमा गर्दा आफू र परिवारलाई सहायता प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कागजात पेस गरेको छोटो समयमा नै दाबी भुक्तानी प्राप्त गर्न सकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस