धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् ।
छनोट समितिले दिएको समयसिमाभित्र १७ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ । समितिका अनुसार, आवेदक १७ जनामध्येबाट १० जनाको प्रारम्भिक सूची (सर्ट लिष्ट) तयार गरिनेछ । अन्तर्वार्तापछि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नेछ ।
पुष १८ गते खुल्ला मागिएको आवदेनको समयसिमा २८ गते आइबार सकिएको हो । आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नहुने फैसला गरेको छ भने अर्को तर्फ आवेदन दिने समय पनि आइतबार नै सकिएको छ ।
यता, उपकुलपतिको लागि बनाएको मापदण्डमा असन्तुष्टी जनाउँदै चिकित्सक भने आन्दोलित छन् । पूर्व उपकुलपति डा. सुरेशराज शर्मा नेतृत्वको उपकुलपति छनोट समितिले बनाएको कार्यविधि नै नमिल्ने भन्दै खारेजीको माग राखेर चिकित्सकहरु सर्वोच्च अदालत गएका थिए । मेडिकलका एमडी, एमएस र एमडीएसले पनि आवेदन दिन पाउनु पर्ने माग चिकित्सकहरुको छ ।
केयूका उपकुलपति भोला थापाको चार बर्षको कार्यकाल माघ ६ गतेबाट सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस