डा. कोजूको ‘मुटुको कथा’ लोकार्पित

नौलो समाचार संवाददाता
२०८१ माघ १, मंगलबार मा प्रकाशित ६१ पटक पढिएको
डा. कोजूको ‘मुटुको कथा’ लोकार्पित

काठमाडौं / धुलिखेल अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले लेखेको ‘मुटुको कथा’ पुस्तक लोकार्पण गरिएको छ ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामकण्ठ माकजु, वरिष्ठ कलाकार हरिवंश आचार्य, मुटु रोग विशेषज्ञ डा. स्मृति शाक्यले संयुक्त रुपमा ‘मुटुको कथा’ लोकार्पण गरेका हुन् ।

४१ वटा शीर्षकमा समेटिएको पुस्तकमा मुटुरोग विशेषज्ञ भएर काम गर्दाका अनुभव, प्रसंगहरु छन् ।

धुलिखेल अस्पतालका संस्थापक सदस्य तथा काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिनसमेत रहेका डा. कोजू साहित्य, लेखन, चित्रकलामा पनि उत्तिकै पोख्त छन् । युवा वैज्ञानिक अवार्ड, सुप्रवल जनसेवा श्री पदक, धुलिखेल रत्न लगायतका पदक, पुरस्कार तथा सम्मान प्राप्त गरेका उनी विभिन्न सञ्चारमाध्यममा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक लेख, रचना प्रकाशन गर्दै आएका छन् ।

लेखक कोजूले २३ वर्ष मुटुको उपचार क्षेत्रको अनुभवलाई पुस्तकको रुप दिएको बताए ।

प्रतिक्रिया दिनुहोस