पनौतीमा आँखा उपचार क्लिनिक अब ‘नियमित’

नौलो समाचार संवाददाता
२०८१ माघ २, बुधबार मा प्रकाशित ३२ पटक पढिएको
पनौतीमा आँखा उपचार क्लिनिक अब ‘नियमित’

पनौती / पनौती नगरपालिका वडा नं ७ स्थित स्वास्थ्य चौकीमा अब आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन हुने भएको छ ।

पनौती नगरपालिकासंगको सहकार्यमा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र लायन्स क्लव अफ पनौतीको प्राविधिक सहयोगमा स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रवार क्लिनिक सञ्चालन हुन लागेको हो । रेयुकाई आँखा अस्पतालका दृष्टि विशेषज्ञसहितको टोलीले सेवा दिनेछन् ।

नगर प्रमुख रामशरण भण्डारीले सेवा शुभारम्भ गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाका महासचिव हिरामणि शर्मा, कोषाध्यक्ष दिनेशराज कायस्थ, सहसचिव धर्मभक्त प्रधान, पनौती वडा नं ७ का अध्यक्ष सविन ताम्राकार, लायन विवेक भट्टराई, पनौती स्वास्थ्य शाखाका पुरुषोतम तिमल्सिना लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस